Kathmandu Press

आधुनिक न्याय प्रणाली समृद्ध बनाउन न्यायिक मान्यता जोगाउनु पर्छ : प्रधानन्यायाधीश 

‘आधुनिक न्याय प्रणालीलाई गर्भिलो र समृद्ध बनाउनु छ भने हाम्रा न्यायिक मान्यता, न्यायिक सभ्यता, संस्कार, सम्पदा जोगाउनु पर्छ । यसको संरक्षण गर्नै पर्छ,’ उनले भने।
आधुनिक न्याय प्रणाली समृद्ध बनाउन न्यायिक मान्यता जोगाउनु पर्छ : प्रधानन्यायाधीश 

काठमाडौं, असार ३२ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायिक मान्यता, सभ्यता, संस्कार र सम्पदालाई सधैँ जोगाउनु पर्ने बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधान न्यायालय, २०१० विमोचन कार्यक्रममा उनले आधुनिक न्याय प्रणालीलाई समृद्ध बनाउनको लागि न्यायिक मान्यता, सभ्यता, संस्कार र सम्पदा जोगाउनु पर्ने बताए। 

Hardik ivf

‘आधुनिक न्याय प्रणालीलाई गर्भिलो र समृद्ध बनाउनु छ भने हाम्रा न्यायिक मान्यता, न्यायिक सभ्यता, संस्कार, सम्पदा जोगाउनु पर्छ । यसको संरक्षण गर्नै पर्छ,’ उनले भने।

प्रधानन्यायाधीश सिंहले एउटा निश्चित कालखण्डको अभिलेख आफंैमा सम्पदा भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताए। 

जति पनि प्रधानन्यायालयसँग जोडिएका फैसलाका अंक र प्रकाशनहरु छन् त्यो एकदमै प्रशंसनिय काम भएको पनि उनको भनाई छ। 
 
प्रकाशित मिति: २१:१४ बजे, बुधबार, असार ३२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्