Kathmandu Press

निर्वाचनमा पार्टी हितविरुद्ध गतिविधि गरेको भन्दै कांग्रेसले सोध्यो जिल्ला नेतालाई स्पष्टीकरण

निर्वाचनमा पार्टी हितविरुद्ध गतिविधि गरेको भन्दै कांग्रेसले सोध्यो जिल्ला नेतालाई स्पष्टीकरण

काठमाडौं, असार ३२ : नेपाली कांग्रेसको अनुशासन समितिले निर्वाचनका बेला सामाजिक सञ्जालमा पार्टीविरुद्ध गतिविधि गरेको भन्दै जिल्ला नेताहरुलाई स्पष्टीकरण सोधेको छ। 

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले बुधबार निर्वाचनका बेला सामाजिक सञ्जालमा पार्टीविरुद्ध स्टाटस, कमेन्ट र लाइक गरेर अनुशासन उल्लङघन गरेको भन्दै स्पष्टीकरण सोधेका हुन्। 

Hardik ivf

नवलपरासीका पार्टी प्रवक्ता एवं महासमिति सदस्य राधेश्याम पाठकलाई स्टाटस लेखेको आधारमा स्पष्ट पार्न पत्र काटीएको छ । पाठकलाई सात दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।

२०८० वैशाखमा तनहुँमा भएको उपनिर्वाचनमा पार्टीको लाइनविरुद्ध काम गरेको भन्दै कांग्रेस जिल्ला सदस्य झविन्द्र ज्ञवालीसँग पनि स्पष्टीकरण मागिएको छ । उनीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई सामाजिक सञ्जालमा मत मागेको आरोप लगाइएको छ। 

ज्ञवाली नवलपरासी जिल्ला समितिका सदस्य हुन् । रास्वपाका उपसभापति वाग्लेले लेखेका स्टाटसमा पार्टीहित विपरीत कमेन्ट गरिएको स्पष्टीकरण पत्रमा उल्लेख छ।

लुम्बिनी प्रदेश समिति सदस्य विष्णु पोखरेलसँग पनि स्पष्टीकरण मागिएको छ । गत निर्वाचनमा अन्तर्घात गरेको आरोप उनलाई लगाइएको छ। 

यता, नवलपरासीका महासमिति सदस्य राधेश्याम पाठकलाई पनि पार्टीको हीत विपरित चुनावमा असर पुग्नेगरी स्टाटस लेखेको भन्दै सात दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।


 

प्रकाशित मिति: २०:३४ बजे, बुधबार, असार ३२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्