Kathmandu Press

न्याय परिषद् बैठक विना निष्कर्ष टुंगियो 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बुधबार दिउँसो बसेको न्याय परिषद बैठक थप अध्ययन गर्नुपर्ने भन्दै यत्तिकै उठेको थियो। 
न्याय परिषद् बैठक विना निष्कर्ष टुंगियो 

काठमाडौं, असार ३२ : उच्च अदालतका न्यायाधीश नियुक्ति र न्यायाधीश सरुवाका लागि बसेको न्याय परिषद्को बैठक विनानिष्कर्ष टुंगिएको छ। 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बुधबार दिउँसो बसेको न्याय परिषद बैठक थप अध्ययन गर्नुपर्ने भन्दै यत्तिकै उठेको थियो। 

हाल उच्च अदालतमा दुई जना मुख्य न्यायाधीश र २४ जना न्यायाधीशको पद रिक्त छ। अब साउनको दोस्रो साता सम्मका लागि परिषद बैठक नबस्ने परिषद स्रोतले जनाएको छ। 

न्याय परिषद्का सदस्य वरिष्ठ अधिवक्ता दामोदर खड्का दुई साताका लागि विदेश भ्रमणमा जाने भएकाले बैठक बस्ने दिन लम्बिएको हो। खड्का आगामी साउन १३ गते मात्र स्वदेश फर्किनेछन्।
 

प्रकाशित मिति: २०:१० बजे, बुधबार, असार ३२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्