Kathmandu Press

विदेशीहरुले समेत नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन् : मन्त्री पाण्डे

उनले दुनियाँभरको चासो नेपालप्रति रहेकाले नेपालको जातीय, सांस्कृतिक र भाषिक विविधता अध्ययन, अनुसन्धान र चिन्तनको विषय बनेको बताए।
विदेशीहरुले समेत नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन् : मन्त्री पाण्डे

काठमाडौं, असार ३२ : संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल अब केवल भौगोलिक सीमाभित्र मात्र सीमित नरहेको बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित एक पुरस्कार समर्पण समारोहमा बोल्दै उनले नेपाल विश्वभर फैलिँदै गएको धारणा व्यक्त गरेका हुन्।

‘नेपाल अब नेपाल भित्र मात्रै छैन। नेपालको परिचय विश्वभरी फैलिँदै गएको छ। नेपालीहरु संसारभरी रहेका छन्। त्यसकारण पनि नेपाल विश्वभरी फैलिएको छ,’ उनले भने, ‘नेपालप्रति मानिसहरुको चासो पनि बढेको छ, यसकारण पनि नेपाल फैलिएको छ।’ 

उनले विदेशमा नेपाली सम्पदा, मूर्तिहरू र अभिलेखप्रति विदेशीहरूमा चासो बढ्दो रहेको उल्लेख गर्दै विश्व समुदायले नेपालको सांस्कृतिक धरोहरलाई विशेष ध्यान दिइरहेको बताए।

उनले दुनियाँभरको चासो नेपालप्रति रहेकाले नेपालको जातीय, सांस्कृतिक र भाषिक विविधता अध्ययन, अनुसन्धान र चिन्तनको विषय बनेको बताए।

‘हाम्रा थुप्रै सम्पदा र मुर्तिहरु विदेशमा पुगेका छन्। विदेशका मान्छेहरु नेपालको सम्पदा र अभिलेखको बारेमा धेरै नै चासो राख्ने गर्छन्,’ उनले भने, ‘दुनियाँभरको चासो हाम्रो नेपालप्रति छ, नेपालको जातीय, सांस्कृतिक र भाषिक विविधता अध्ययन, अनुसन्धान र चिन्तनको विषय बनेको छ।’
 

प्रकाशित मिति: १८:०० बजे, बुधबार, असार ३२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्