लायन्स क्लव काठमाडौं साझा फुलबारीको अध्यक्षमा शर्मा
जुलाई १ गते देखि लागुहुने गरि शर्मा २०२५–२६ का लागि निर्वाचित भएका हुन्। उनी क्लबको विभिन्न जिम्मेवारीहरु सम्हाल्दै अध्यक्ष पदमा चयन भएका हुन्।
काठमाडौं, असार २ : लायन इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम अन्तर्गत लायन्स क्लब अफ काठमाडौं साझा फुलबारीको अध्यक्षमा एमजेएफ लायन प्रकाश शर्मा निर्वाचित भएका छन्।
जुलाई १ गते देखि लागुहुने गरि शर्मा २०२५–२६ का लागि निर्वाचित भएका हुन्। उनी क्लबको विभिन्न जिम्मेवारीहरु सम्हाल्दै अध्यक्ष पदमा चयन भएका हुन्।
यस्तै, संस्थाले चेयरिङ, सम्मान एवं पोशाक तथा स्टेशनरी वितरण कार्यक्रम पनि गरेको छ। कार्यक्रममा क्लबका २०२४–२५ अध्यक्ष आनन्दप्रसाद बुर्लाकोटीले नवनिर्वाचित अध्यक्ष शर्मालाई पद हस्तान्तरण गरे। उक्त कार्यक्रम डिस्ट्रिक्ट गभर्नर पि.एम.जे.एफ. टु डायमण्ड धनीराम बरालकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे थियाे ।
संस्थाले बुढानिलकण्ठ मन्दिरको परिसरमा रहेको बेद विद्याआश्रमका ४८ जना बटुकहरुलाई पोशाक तथा स्टेशनरी सामाग्री वितरण गरेको छ। यस्तै, डिस्ट्रिक्टका पदाधिकारी लगायत क्लबका लायनहरुलाई सम्मान पनि गरियो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा सबैको साथ, सहयोगको अपेक्षा गरेको बताएका थिए।














