२८ सय बिन्दु नजिक नेप्से, १४ अर्बको कारोबार
कुल ३३० स्टकको १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको छ। मंगलबार साढे ९ अर्ब हाराहारी कारोबार भएको थियो।
काठमाडौं, असार ३२ : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ३४.६१ अंकले बढेको छ। योसँगै नेप्से २७९४.७८ अंकमा पुगेर रोकिएको छ।
नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार पनि बढेको छ। कुल ३३० स्टकको १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर कारोबार भएको छ। मंगलबार साढे ९ अर्ब हाराहारी कारोबार भएको थियो।
आज सेन्सेटिभ इन्डेकस ७.८६ अंकले बढेको छ। फ्लोट इण्डेक्स २.६६ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.८२ अंकले बढेको छ।
बुधबार केबिएल डिबेन्चर र थ्री स्टार हाइड्रो पावर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ। केबिएल को मूल्य प्रतिकित्ता १२८.४३ रुपैयाँले बढेर १४१२.९० रुपैयाँमा अन्तिम हुँदा थ्री स्टारको शेयर मूल्य प्रतिकित्ता ६६.५० रुपैयाँले बढेर ७३१.७० रुपैयाँमा अन्तिम कारोबार भयो।
यस्तै, ग्रीन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ११५.३५ रुपैयाँले बढेर प्रतिकित्ता १४८६.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस्तै, माइखोला हाइड्रो पावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७८.२७ प्रतिशतले घटेर ९१५.९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। नारायणी डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता ४९.०७ रुपैयाँले घटेर १६४३.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो पावर, राधी जलविद्युत र लुम्बीनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।










-1764753058.png)
-1764751301.jpg)
