Kathmandu Press

जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, राष्ट्रिय सभामा अल्पमतमा सरकार

बुधबार बसेको जसपा, नेपाल संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। 
जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन, राष्ट्रिय सभामा अल्पमतमा सरकार

काठमाडौं, असार ३२ : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

बुधबार बसेको जसपा, नेपाल संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। 

गत असार ९ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको थियो। 

सोही निर्देशन अनुरुप संसदीय दलले औपचारिक निर्णय लिएको हो । जसपाले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सत्ता पक्ष अल्पमतमा परेको छ । 

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, असार ३२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्