एमालेको सचिवालय बैठक बिहीबार बस्ने
आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको ऐजेन्डा तय गर्न बैठक डाकिएको जनाइएको छ।
काठमाडौं, असार ३२ : सत्तारुढ नेकपा एमालेले बिहीबारका लागि सचिवालय बैठक डाकेको छ। बिहीबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक डाकिएको हो।
आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको ऐजेन्डा तय गर्न बैठक डाकिएको जनाइएको छ। सचिवालय बैठकलगत्तै साउन २ गते पोलिटब्युरो बैठक बोलाइएको छ।
सचिवालय बैठकले केन्द्रीय कमिटी हुँदै विधान महाधिवेशनमा लैजाने विधान संशोधनको प्रस्ताव तय गर्ने जनाइएको छ। साउन २ गते पोलिटब्युरो बैठक बोलाइएको छ ।
त्यसलगत्तै साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने छ। एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ गते काठमाडौंमा हुँदैछ।
प्रकाशित मिति: १६:०६ बजे, बुधबार, असार ३२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(7)-1765197040.jpg)