Kathmandu Press

घुससहित मेयर साह रंगेहात पक्राउ 

अख्तियारको कार्यालय बर्दिबासको टोलिले मेयर साहलाई नगरपालिका कार्यालयबाटै एक लाख घुस रकमसहित दिउँसो नियन्त्रणमा लिएको हो। 
घुससहित मेयर साह रंगेहात पक्राउ 

सिरहा, असार ३२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एकलाख घुस रकमसहित बुधबार रंगेहात पक्राउ गरेको  । 

अख्तियारको कार्यालय बर्दिबासको टोलिले मेयर साहलाई नगरपालिका कार्यालयबाटै एक लाख घुस रकमसहित दिउँसो नियन्त्रणमा लिएको हो। 

एक उपभोक्ता समितिका तर्फबाट भुक्तानी गराउने प्रयोजनका लागि एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको थियो। 

बर्दिबासबाट खटिएको अख्तियारको टोलीले अहिले घटनास्थलमा पुगेर मुचुल्का गरेको छ। 
 

प्रकाशित मिति: १५:४४ बजे, बुधबार, असार ३२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्