Kathmandu Press

‘कुलिङ पिरियड’ विवादमा राज्य व्यवस्था समितिका सभापति खतिवडासँग सोधपुछ

कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार नेतृत्वको समितिले खतिवडासँग भिजिट भिसा प्रकरणमा सोधपुछ गरेको हो। 
‘कुलिङ पिरियड’ विवादमा राज्य व्यवस्था समितिका सभापति खतिवडासँग सोधपुछ

काठमाडौं, असार ३२ : कुलिङ पिरियड विवादमा छानबिन गर्न गठित समितिले बुधबार राज्य व्यवस्था एवं सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ।

कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार नेतृत्वको समितिले खतिवडासँग भिजिट भिसा प्रकरणमा सोधपुछ गरेको हो। 

सिंहदरबारस्थित राज्य व्यवस्था समितिकै बैठक कक्षमा दिउँसो खतिवडालाई डाकेर सोधपुछ गरिएको थियो। खतिवडा सभापति रहेको समितिको प्रतिवेदनमा प्रतिनिधि सभाबाट पारित हुँदा कुलिङ पिरियडमा गडवडी देखिएपछि छानविन समिति बनेको थियो। 

संसदमै विवाद चर्किएपछि सभामुख देवराज घिमिरले प्रतिनिधि सभाबाटै परियारको सभापतित्वमा छानविन समिति बनाएका थिए। 

खतिवडासँग सोधपुछसँगै समितिले आफ्नो कामकारवाही अघि बढाएको छ। 

प्रकाशित मिति: १५:३८ बजे, बुधबार, असार ३२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्