Kathmandu Press

भ्रष्टाचारी जो भए पनि कारबाही हुन्छ : सञ्चारमन्त्री 

‘तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ। त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्ने कुरा रहँदैन,’ मन्त्री गुरुङले भने। 
भ्रष्टाचारी जो भए पनि कारबाही हुन्छ : सञ्चारमन्त्री 

काठमाडौं, असार ३२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचारीलाई कारबाही हुने बताएका छन्। 

सिंहदरबारमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री गुरुङले उक्त भनाई राखेका हुन्। 

निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले राजिनामा आइसकेको अवस्थामा सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही गरिने उनको भनाई थियो। 

‘तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ। त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्ने कुरा रहँदैन,’ मन्त्री गुरुङले भने। 

उनले गल्ती गर्ने जोकोही भए पनि कारबाही गरिने बताए। 

‘भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव वा कोही पदाधिकारी, जो भए पनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने हामी सबैको माग हो,’ मन्त्री गुरुङले संचारकर्मीसँग भने। 

प्रकाशित मिति: १५:१६ बजे, बुधबार, असार ३२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्