Kathmandu Press

यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौं : मन्त्री दाहाल

उनले पूर्वदेखि पश्चिमसम्म समेट्ने गरि राजमार्गहरु निमार्ण गरिरहेको भन्दै कोरिडोरहरु पनि रहर लाग्दा बनिरहेको बताए। 
यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौं : मन्त्री दाहाल

काठमाडौं, असार ३२ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको बताएका छन्।

बुधबार महानगर यातायातको विद्युतीय सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रका समस्या समाधानका निम्ति प्रयत्न भएको भन्दै निरन्तर व्यवसायीहरुसँग पनि छलफल भइरहेको बताएका हुन्। 

Hardik ivf

‘यातायातको क्षेत्र धेरै विकास भएको छ। यसलाई व्यवस्थित गर्दैछौं। यातायात व्यवसायीहरुसँग बसेर हामीले उहाँहरुको समस्याका बारेमा छलफल गरेका छौं। समस्या समाधानका निम्ति हामीले प्रयत्न गरेका छौं,’ उनले भने, ‘संघीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहहरुले आफ्नो आफ्नो अधिकार अनुसार काम भइरहेका छन्। कतिपय प्रदेशले गर्ने काम संघले गरिरहेको छ। ड्राइभिङ लाइसेन्सको समस्याको समाधान भइसकेको छ।’ 

उनले पूर्वदेखि पश्चिमसम्म समेट्ने गरि राजमार्गहरु निमार्ण गरिरहेको भन्दै कोरिडोरहरु पनि रहर लाग्दा बनिरहेको बताए। 

‘हामी पूर्वपश्चिममा चार वटा राजमार्गहरु बनाउँदै छौं। त्यसमध्ये एउटा एसियन स्ट्रेन्जरको एसियन राजमार्ग बनाउँदै छौं। सबैभन्दा दक्षिणतिरको हुलाकि राजमार्ग, मदनभण्डारी राजमार्ग, पहाडी राजमार्ग यी पूर्वदेखि पश्चिमसम्म समेट्ने राजमार्ग बनाउँदै छौं,’ उनले भने, ‘यसको प्रगति धेरै गतिमा त हैन तर ठिकै गतिमा यसको प्रगति भइरहेको छ। उत्तरदक्षिणका कोरिडोरहरु बनाउँदै छौ हामी यी कोरिडोरहरु रहर लाग्दा बनिरहेका छन्।’ 

उनले सोचे जस्तो प्रगति गर्न नसके पनि काम भने भइरहेको बताए।
 

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, असार ३२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्