Kathmandu Press

प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन

क्यान्सरबाट पीडित उनको उपचारका क्रममा मंलबार वीर अस्पतालमा निधन भएको हो। 
प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन

महोत्तरी, असार ३२ : मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन भएको छ।

क्यान्सरबाट पीडित उनको उपचारका क्रममा मंलबार वीर अस्पतालमा निधन भएको हो। 

उनका पत्नी, दुई छोरा र दुई छोरी छन्। उनको पार्थिव शरीर पडरियास्थित निवासमा ल्याइएको छ।

आजै उनको अन्तिम संस्कार गरिने जनाइएको छ।

कुशवाहाको निधनमा नेपाली कांग्रेसका महोत्तरी जिल्ला सभापति नागेश्वर यादव, नेकपा एमालका अध्यक्ष बलिराम यादव र नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज प्रकाशहरि पोखरेलले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै शोक प्रकट गरेका छन् । 

प्रकाशित मिति: ११:५० बजे, बुधबार, असार ३२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्