Kathmandu Press

सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ आज दिउँसो ३ बजे

यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।
सामान्य प्रशासनमन्त्री न्यौपानेको शपथ आज दिउँसो ३ बजे

काठमाडौँ, असार ३२ : नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज (बुधबार) दिउँसो तीन बजे तय भएको छ । 

यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

Hardik ivf

बालुवाटार स्रोतका अनुसार नवनियुक्त मन्त्री न्यौपानेको शपथ दिउँसो ३ बजेलाई तय गरिएको हो ।  मेयरमा पराजित भएकी न्यौपाने पछि राष्ट्रिय सभा निर्वाचनमा भने विजयी भएकी थिइन् । 

उनको ६ वर्षे राष्ट्रिय सभा कार्यकाल भने आगामी फागुनमा सकिँदै छ ।

प्रकाशित मिति: ०८:१७ बजे, बुधबार, असार ३२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्