Kathmandu Press

चलचित्र ‘प्रसाद २’ का निर्माता थापा चेक बाउन्समा दोषी ठहर

थापालाई बिगो अनुरुप ३२ लाख ५० हजार रूपैयाँ भराउने, त्यसको पाँच प्रतिशत जरिवाना र १५ दिन कैद सजाय तोकिएको छ। 
चलचित्र ‘प्रसाद २’ का निर्माता थापा चेक बाउन्समा दोषी ठहर

काठमाडौं, असार ३१ : चलचित्र ‘प्रसाद २’ का निर्माता शुभाष थापालाई अदालतले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा दोषी ठहर गरेको छ। 

काठमाडौं जिल्ला अदालतले थापालाई दोषी ठहर गर्दै जरिवाना र कैद सजाय हुने फैसला सुनाएको हो। थापालाई बिगो अनुरुप ३२ लाख ५० हजार रूपैयाँ भराउने, त्यसको पाँच प्रतिशत जरिवाना र १५ दिन कैद सजाय तोकिएको छ। 

थापाविरूद्ध ‘प्रसाद २’ फिल्म निर्माणको क्रममा ठगी गरेको आरोपसहित प्रहरीमा जाहेरी दर्ता भएको थियो । केशव पाण्डेले थापाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए।

‘’प्रसाद–२’ को निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार लिएर पछि अर्कैलाई निर्माता बनाएको दाबी पाण्डेके थियो। 

थापाले चेक दिए पनि नसाटिएपछि जाहेरी परेको थियो। सोही अनुरुप अदालतमा बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो। 


 

प्रकाशित मिति: २१:२५ बजे, मंगलबार, असार ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्