Kathmandu Press

विमानास्थल प्रमुखमा घिमिरे, अध्यागमनमा तिवारी  

घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरेका थिए। 
विमानास्थल प्रमुखमा घिमिरे, अध्यागमनमा तिवारी  

काठमाडौं, असार ३१ : गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुखमा नरहरि घिमिरेलाई सरुवा गरेको छ। 

घिमिरे यसअघि खोटाङको प्रमुख जिल्ला अधिकारी रहेका थिए। गृहमन्त्री रमेश लेखकले घिमिरेलाई विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरेका हुन्। घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरेका थिए। 

Hardik ivf

भिजिट भिसा प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई अख्तियारको अनुसन्धानमा तानिएपछि कर्मचारीको सेटै परिवर्तन गरिएको थियो। 

घिमिरे विमानास्थल कार्यालय प्रमुखमा सरुवा भएसँगै सह सचिव कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। 

तीर्थ भट्टराई कारबाहीमा परेपछि विमानस्थल प्रमुख बनेका विष्णुप्रसाद कोइरालालाई गृहमन्त्रालयमा ल्याइएको छ । गृहमन्त्रालयले अध्यागमन विभागको महानिर्देशक पनि हेरफेर गरेको छ। 

विभागको महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृहमन्त्रालय सरुवा गरी गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीलाई विभागमा लगिएको छ। 

प्रकाशित मिति: २१:२४ बजे, मंगलबार, असार ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्