Kathmandu Press

भक्तपुर मालपोत प्रमुख २४ लाख ५० हजार घुुससहित पक्राउ 

मालपोत प्रमुख कुमार आचार्य र सहयोगी टीकाराम राउतलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो। 
भक्तपुर मालपोत प्रमुख २४ लाख ५० हजार घुुससहित पक्राउ 

काठमाडौं, असार ३१ : २४ लाख ५० हजार रूपैयाँ घुस रकमसहित भक्तपुर मालपोत कार्यालयका प्रमुख र एक सहयोगी रंगेहात पक्राउ परेका छन्। 

मालपोत प्रमुख कुमार आचार्य र सहयोगी टीकाराम राउतलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो। 

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको छ। 

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी मोहीको नाममा जग्गाधनी प्रमाणपत्र बनाउने प्रयोजनका लागि घुस रकम लिएको आरोप उनीहरुमाथि लगाइएको छ। 

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, असार ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्