Kathmandu Press

भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री 

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रिय सभा सदस्य न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार साँझ मन्त्री नियुक्त गरेका हुन्।
भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री 

काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्। 

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रिय सभा सदस्य न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार साँझ मन्त्री नियुक्त गरेका हुन्।

Hardik ivf

घुस ‘डिल’को अडिओ बाहिरिएपछि यसअघि मन्त्री रहेका राजकुमार गुप्ताले आजै बिहान राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री ओलीले न्यौपाललाई मन्त्री बनाउन राष्ट्रपति समक्षम सिफारिस गरेका थिए।

न्यौपाने राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी थिइन्। अनेरास्ववियुको विद्यार्थी नेता हुँदै एमाले राजनीतिमा आएकी उनी अनेमसंघ तनहुँको सचिव हुँदै उनी दुई कार्यकाल अध्यक्ष बनेकी थिइन्। 

२०७४ को स्थानीय निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन्।

 


 

प्रकाशित मिति: १८:५३ बजे, मंगलबार, असार ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्