Kathmandu Press

बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

‘असाध्यै संवेदनशीलताको आवश्यकता छ र जनसचेनताको पनि आवश्यकता छ। जवसम्म यो संवेदनशीलता र जनसचेनताको कुरा गर्दैनौं तवसम्म हामी लक्ष्यमा पुग्दैनौं।’
बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र हुँदैन : मन्त्री भण्डारी

काठमाडौं, असार ३१ : श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शरदसिंह भण्डारीले बालश्रम तथा बाल कार्यको अन्तर्राष्ट्रिय परिभाषालाई नेपालको परिवेश अनुसार ढाल्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा राष्ट्रिय बालश्रम निवराण प्रतिवेदन २०८२ सार्वजनिक कार्यक्रममा उनले बालश्रम संवेदनशील विषय भएकाले जनसचेनतासहित नेपाली परिवेशको परिभाषा बनाउनुपर्ने बताएका हुन्। 

‘बालश्रम र बाल कार्यमा हामीले फरक छुट्टाउन सकेका छैनौं। त्यो आम जनताको कुरा हो। बालश्रम र बाल कार्यको अन्तर्राष्ट्रिय परिभाषा त मान्नुपर्छ तर हाम्रो परिवेशमा पनि त्यसलाई ढाल्नुपर्यो,’ उनले भने, ‘असाध्यै संवेदनशीलताको आवश्यकता छ र जनसचेनताको पनि आवश्यकता छ। जवसम्म यो संवेदनशीलता र जनसचेनताको कुरा गर्दैनौं तवसम्म हामी लक्ष्यमा पुग्दैनौं।’

उनले बालश्रम न्युनीकरणका लागि कानून बनाएर मात्र नहुने भन्दै समाजको संरचना र परिवेशलाई ध्यान दिनुपर्ने बताए। उनले बालबालिकाको क्षेत्रमा सरकारले सरोकारवालासँग मिलेर काम गर्ने प िबताए। 

‘कानून बनाएर कानूनी बाध्यताले हुँदैन । हाम्राने समाजको संरचना र समाज कहाँ छ त्यो पनि हेर्नुपर्छ। सहरी क्षेत्र र गाम्रिण परिवेशमा फरक अवस्था छ यसलाई नीति बनाउने बेलामा ध्यान दिनुपर्छ । सरकारले सरोकारवालासँग मिलेर काम गर्ने हो। सरकारले एक्लै गर्न सक्दैन। सरकारले लिड गर्ने हो। श्रम मन्त्रालय सम्पर्क मन्त्रालय हो,’ उनले भने। 

प्रकाशित मिति: १८:२० बजे, मंगलबार, असार ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्