Kathmandu Press

निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भइरहेको छ : अध्यक्ष ढकाल

‘अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके सबैकुरा सिस्टममा आउन सक्छ। सबै सिस्टममा आए भने प्रतिस्पर्धामा जाने वातावरण हुन्छ।’
निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भइरहेको छ : अध्यक्ष ढकाल

काठमाडौं, असार ३१ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके मात्र प्रतिस्पर्धामा जाने वातारण बन्ने बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित नेपालमा औपचारिकीकरणको प्रगति र महत्त्व सम्बन्धी कार्यक्रममा बोल्दै उनले अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउनुपर्ने बताएका हुन्। 

Hardik ivf

‘खासगरी व्यवसायलाई दर्ता प्रक्रिया अझैपनि जटिल महङगो तथा कर प्रणालीप्रति चेनताको कम भएको देखिन्छ,’ उनले भने, ‘अनौपचारिक व्यवसायलाई औपचारिकतामा ल्याउन सके सबैकुरा सिस्टममा आउन सक्छ। सबै सिस्टममा आए भने प्रतिस्पर्धामा जाने वातावरण हुन्छ।’

उनले व्यवसायको औपचारीकरण अव विकल्प नभएर आवश्यकता रहेको धारणा राखे। उनले निजी क्षेत्रले दिने सुझाव सरकारको तर्फबाट सुनुवाई भइरहेको बताए। 

‘हामीले दिने सुझाव, नीति निमार्णमा दिने सुझाव, राय सरकारको तर्फबाट सुनुवाई भएको छ र त्यसको आधारमा नीति निर्माणको प्रक्रियामा गइरहेको छ जून निजी क्षेत्रका लागि खुसिको खबर हो,’ उनले भने।  

प्रकाशित मिति: १७:४९ बजे, मंगलबार, असार ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्