Kathmandu Press

तुइन चुँडिएर महाकाली नदीमा एकजना बेपत्ता 

तुइन चुँडिएर महाकाली नदीमा एकजना बेपत्ता 

दार्चुला, असार ३१ : तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर मंगलबार एक जना पुरुष बेपत्ता भएका छन्। 

ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएको प्रहरीले जनाएको छ । घटना भएको स्थान दार्चुलाको जिल्ला सदरमुकाम खलङ्गाबाट उत्तरमा पर्छ। 

दुम्लिङ्गबाट भारततर्फ जाँदै गर्दा तुइनको डोरी चुडिएर बुढाथोकी महाकाली नदीमा खसेका थिए। बुढाथोकीसँगै अन्य दुई जना स्थानीय पनि एकै पटकमा तुइन तरेको जनाइएको छ। 

एकसाथ तुइन तरिरहेकामध्ये दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। बेपत्ता बुढाथोकीको खोजीकार्यका लागि मातहत प्रहरी युनिटहरूलाई निर्देशन दिइएको छ। 

प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, असार ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्