Kathmandu Press

बीमा प्राधिकरणका अध्यक्षमा पोखरेले लिए सपथ

पोखरेलले मंगलबारै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गाेपनियताकाे सपथ लिएका छन्।
बीमा प्राधिकरणका अध्यक्षमा पोखरेले लिए सपथ

काठमाडौं, असार ३१ : बीमा प्राधिकरणको अध्यक्ष रहेका शरद ओझा निलम्वनामा परेपछि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले उक्त पद समालेका छन्। 

पोखरेलले मंगलबारै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गाेपनियताकाे सपथ लिएका छन्।

Hardik ivf

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रहेका ओझामाथि उजुरी परेपछि मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरिसकेको छ। 

छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन भएका छन् । मंगलबारै छानबिन समितिका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले सरकारको पत्र बुझेका छन्।
 

प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, असार ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्