Kathmandu Press

३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

मंगलबार कुल ३१७ स्टकको ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद बिक्री भएको छ। 
३४.४६ अंकले बढयो नेप्से, कारोबार रकम पनि वृद्धि

काठमाडौं, असार ३१ : साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६ अंकले बढेर २७६०.१७ अंकमा पुगेर रोकिएको छ।

नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार कुल ३१७ स्टकको ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद बिक्री भएको छ। 

Hardik ivf

आज सेन्सेटिभ इन्डेकस ७.०४ अंकले बढेको छ। फ्लोट इण्डेक्स २.६० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५७ अंकले बढेको छ। आज सुपरमादी हाइड्रो पावर लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन र बिन्ध्यबासीनी हाइड्रो पावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ।

सुपरमादी हाइड्रो पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ७९.६३ रुपैयाँले बढेर १०६४.९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको शयेर मूल्य प्रतिकित्ता १९.३६ रुपैयाँले बढेर ३४९.६२ रुपैयाँमा अन्तिम काराबोर भएको छ। 

बिन्ध्यबासीनी हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता २६.७२ रुपैयाँले बढेर ४९५.०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसदिन बुटवल पावर कम्पनी, निफ्राको हरित ऋण पत्र, राधी जलविद्युत र एनआइसी एशिया बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।

त्यसैगरी यसदिन भगवति हाइड्रोपावर विकास कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४६.४५ रुपैयाँले घटेर ९५५.१३ रुपैयाँमा अन्तिम काराबोर भएको छ । ग्लोबल आइएमइ बैंकको ऋण पत्र प्रतिकित्ता ४५ रुपैयाँले घटेर ११३० रुपैयाँमा अन्तिम कारोार भएको छ। 

त्यसैगरी, शुभम पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता २८.५२ रुपैयाँले घटेर ८२८.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
 

प्रकाशित मिति: १६:४४ बजे, मंगलबार, असार ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्