Kathmandu Press

स्पेन प्रकरणबारे छानबिन गर्न बन्यो समिति

सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको हो ।
स्पेन प्रकरणबारे छानबिन गर्न बन्यो समिति

काठमाडौं, असार ३१ : असम्बन्धित नेपालीहरूलाई स्पेनमा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा पठाउने गिरोहबारे छानबिन गर्न समिति गठन भएको छ। 

यो विषयमा छानविन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको हो। 

Hardik ivf

सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको हो ।

‘यो समितिलाई रकम लिएर स्पेन पठाइएको भनिएको घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको हो’, खापुङले अनलाइनखबरसँग भने, ‘सञ्चारमाध्यमहरुमा आएका विषयहरुमा जाँच गरेर कसरी अघि बढ्न सकिन्छ भन्ने निर्क्योल गर्न समेत यो समिति बनेको हो ।’

यसअघि सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकमा यो मामिलाको छानबिन प्रहरीमार्फत अघि बढाउने निर्णय भएको थियो। सोही अनुसार सिआईबीले छानविन समिति गठन गरेको छ। 

प्रकाशित मिति: १४:३२ बजे, मंगलबार, असार ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्