Kathmandu Press

चाँदनी र सौरभ बने ‘मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल, विश्वकर्माको पोशाक सार्वजनिक

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, बर्दिया, नवलपरासी, पोखरा, वुटवल, भोजपुर, नेपालगन्ज लगायत विभिन्न जिल्लाका २० जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए। 
चाँदनी र सौरभ बने ‘मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल, विश्वकर्माको पोशाक सार्वजनिक

काठमाडाैं, असार ३१  : मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल–२०२५’ को उपाधि सौरभ विश्वकर्मा र चाँदनी रापालले जितेका छन्। काठमाडौंमा सम्पन्न फिनालेमा उनीहरुले उपाधि चुमेका हुन्। 

कार्यक्रममा विश्वकर्माको सांस्कृतिक पोशाक औपचारिक रुपमा सार्वजनिक पनि गरिएको थियो। 

कार्यक्रममा पुरूषले लगाउने सेतो रंगको फेटा, कानमा  मुन्द्रा, सेतो रंगकै भोटो, कम्मर मुनि मुजैमुजा परेको हल्का सेतो रंगकै जामा कम्मरमा सेतै पटुका, कम्मरमा भिर्ने ढाल, तरवार जस्ता पोशाक प्रदर्शन गरिएको थियो भने महिलाले लगाउने शिरबन्दी, रातो गम्छा, फूलि तथा झम्के मुन्द्रि, मालवाडी, चाँदीको हँसुली, पहेँलो, रातो र हरियो पोतेमा जन्तर, पैसाको माला, रातो फुलबुटट्टे मखमलको लगायत पोशाकको प्रदर्शन गरिएको थियो। पोशाकको खोज अध्येता तथा लेखक डीबी नेपाली दमुले गरेका हुन।

Hardik ivf

कार्यक्रममा पूर्वमन्त्री मिन विश्वकर्मा, पूर्वसांसद आशा विश्वकर्मा, दलित अभियान्ता खग्रेद्र सुनारलगायत दलित समुदायका कलाकार, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्र प्रतिष्ठित व्यक्तित्वहरु उपस्थित थिए ।

महिलातर्फ रविना बराईली फर्स्ट रनरअप, सन्ध्या घतानी सेकेन्ड रनरअप बने भने सारु सुना तेस्रो उपविजेता र सविना विक चौथो उपविजेता बनेका छन्। त्यस्तै, पुरुषतर्फ विमोचन विक फस्र्ट रनरअप, ग्रिश विश्वकर्मा सेकेन्ड सनरअप र प्रज्वल खाती थर्ड रनरअप बनेका छन्। 

80cfbf48-3968-4fc9-95af-fba444fc820e-1752566791.jpeg
 

मोडल अलिशा गहजराजको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको लागि ड्रेस डिजाइन ज्वालाराज पोखरेलले गरेका थिए। 

कार्यक्रम आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्ष  सञ्जय विश्वकर्माले ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ विश्वकर्मा समुदायको युवाहरुका लागि प्लटफर्म निर्माण गर्नुपर्छ भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए। विश्वकर्मा समुदायको युवा यस मञ्चले प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उनको भनाई छ।

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, बर्दिया, नवलपरासी, पोखरा, वुटवल, भोजपुर, नेपालगन्ज लगायत विभिन्न जिल्लाका २० जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए। 

फिनालेमा विजेताहरुलाई ‘५० हजार नगदसहित गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो।
 

प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, असार ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्