Kathmandu Press

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा 

घुसको मोलमाेलाई गरेको अडियो टेप सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।
सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा 

काठमाडौं, असार ३१ : घुसको मोलमाेलाई गरेको अडियो टेप सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। मन्त्री गुप्ताले मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएका हुन्। 

राजीनामा दिएपछि उनले प्रविधिको प्रयोगको शिकार आफू भएको र अब कोही पनि यस्तो शिकार नबनुन भन्ने अपेक्षा गरेको उल्लेख गरेका छन्।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी डिल गरेको अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भएको थियो।

अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो । सत्तारुढ तथा विपक्षी दलहरुले राजीनामा माग गरेका थिगए। 
 

प्रकाशित मिति: ११:५७ बजे, मंगलबार, असार ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्