Kathmandu Press

दोहोरो अंकले घट्यो नेप्से

कुल ३२१ स्टकको आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको दुई करोड ११ लाख २ हजार ५४० कित्ता शेयर खरिद विक्री भएको छ।
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, असार ३० : मौद्रिक नीतिको उत्साह सेयबर बजारमा एक दिन पनि टिक्न सकेन। साताको दोस्रो कारोबार दिन नेप्से ३५.०९ अंकले घटेको छ। पहिलो कारोबार दिन २९ अंकले बढेको थियो। 

बजार घटेसँगै नेप्से परिसुचक २७२५.७१ बिन्दुमा झरेरको छ।  कुल ३२१ स्टकको आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको दुई करोड ११ लाख २ हजार ५४० कित्ता शेयर खरिद विक्री भएको छ।

Hardik ivf

आज सेन्सेटिभ इन्डेकस ६.८३ अंकले घटेको छ। फ्लोट इण्डेक्स २.६८ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५२ अंकले घटेको छ। माइखोला हाइड्रो पावर लिमिटेड, हिमालयन पार लिमिटेड, जोशी हाइड्रो पावर र सिनर्जी पावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ।

माइखोला हाइड्रो पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ५३.३१ रुपैयाँले बढेर ९५६.६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। हिमालयन पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले बढेर ३७३.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 
त्यसैगरी जोशी हाइड्रो पावरको शयेर मूल्य प्रतिकित्ता १४.६८ रुपैयाँले बढेर ३४६.३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सिनर्जी पावरको शेयर मूल्य १६.२८ रुपैयाँले बढेर ४११.४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

सोमबार सामुदायीक लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७१.४८ रुपैयाँले घटेर १५२९.४३ रुपैयाँमा अन्तिम कारोबार भयो। धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६७.७५ रुपैयाँले घटेर १४९२.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

यस्तै, एनआइसी एशिया, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्टक्चर डेभ्लप्मेन्ट र सानीमा बैंकको शेयर सर्वाधिक कारोबार भएको छ।
 

प्रकाशित मिति: १६:२४ बजे, सोमबार, असार ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्