तोलामा ४ सय बढ्यो सुनको मूल्य
आइतबार १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ।
काठमाडौं, असार ३० : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो।
आइतबार १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:२९ बजे, सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार