Kathmandu Press

मनसुनका बेला विपद् व्यवस्थापनमा सक्रिय रहन रास्वपाको आह्वान

उसले विपद्को जोखिम न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, राहत वितरण तथा मानवीय सहयोगका कार्यमा संलग्न हुन पार्टीका सबै तहका समिति, विभाग, सदस्य र शुभेच्छुकहरूलाई अपिल गरेको हो। 
मनसुनका बेला विपद् व्यवस्थापनमा सक्रिय रहन रास्वपाको आह्वान

काठमाडौं, असार ३० : मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्का सम्भावना बढेकाले नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्न सबैलाई सतर्क र सक्रिय रहन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको छ।

सोमबार विज्ञप्ति जारी गर्दै उसले विपद्को जोखिम न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, राहत वितरण तथा मानवीय सहयोगका कार्यमा संलग्न हुन पार्टीका सबै तहका समिति, विभाग, सदस्य र शुभेच्छुकहरूलाई अपिल गरेको हो। 

‘विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो। हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

रास्वपाले सबै नागरिक, निकाय र सरोकारवालालाई दलीय स्वार्थभन्दा माथि उठेर विपद्को सामना गर्न आग्रह गर्दै सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेको छ। 

प्रकाशित मिति: ११:१८ बजे, सोमबार, असार ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्