Kathmandu Press

सार्वजनिक निकायका सबै भुक्तानी अब विद्युतीय प्रणालीमार्फत् 

अर्थतले सबै मन्त्रालय, नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो।
सार्वजनिक निकायका सबै भुक्तानी अब विद्युतीय प्रणालीमार्फत् 

काठमाडौं, असार २९ : अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ।

अर्थतले सबै मन्त्रालय, नेपाल राष्ट्र  बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो। आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो।

अब सार्वजनिक निकायबाट हुने सबै प्रकारको भुक्तानी अनिवार्य विद्युतीय प्रणालीबाट गर्नुपर्ने भएको छ। उक्त परिपत्रसँगै सरकारी र सार्वजनिक निकायबाट हुने नगद तथा चेकमार्फत हुने भुक्तानी रोकिने छ। 

बजेटको बुँदा नम्बर ३३५ मा अब सबै प्रकारको भुक्तानीलाई अनिवार्य विद्युतीय प्रणाली मार्फत गर्ने उल्लेख थियो। 

प्रकाशित मिति: १८:५४ बजे, आइतबार, असार २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्