Kathmandu Press

टि–२० विश्वकप छनोका लागि टिम तयार गर्न क्यानले ३२ खेलाडीलाई क्याम्पमा बाेलायाे

क्यानले आइतबार विश्वकप छनोटका लागि टिम तयार गर्न ३२ खेलाडीलाई क्याम्पमा बोलाएको छ। 
टि–२० विश्वकप छनोका लागि टिम तयार गर्न क्यानले ३२ खेलाडीलाई क्याम्पमा बाेलायाे

काठमाडाैं, असार २९ : आसन्न टि–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताका लागि टिम बनाउन नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक चरणमा खेलाडी छनोट गरेको छ। क्यानले आइतबार विश्वकप छनोटका लागि टिम तयार गर्न ३२ खेलाडीलाई क्याम्पमा बोलाएको छ। 

क्यानले ‘म्याच फिक्सिङ’को अरोपबाट सफाईपछि केही समयअघि मात्र प्रतिबन्ध फुकुवा भएका अलरान्डर अदिल आलमलाई पनि क्याम्पमा बोलाएको छन्। प्रतिबन्धको समयमा पनि भारतका स्थानीय क्लबमा क्रिकेट खेलिरहेका उनी विस्फोटक ब्याट्सम्यान तथा मिडियम पेसर हुन्। 

उनी २०७९ सालमा नेपाल टि–२० लिगका क्रममा स्पाट फिक्सिङमा मुछिएका थिए। अदालतबाट सफाइ पाएको १ वर्षभन्दा बढी समयपछि गत वैशाखमा मात्र क्यानले उनीमाथि लागेको प्रतिबन्ध फुकुवा गरेको हो। फुकुवापछि उनले जनकपुरमै भएका केही स्थानीय प्रतियोगिता खेलेका थिए।

यही टिमबाट आसन्न भारत र श्रीलंका भ्रमण तथा अस्ट्रेलियामा आयोजना हुने टप इन्ट टि–२० सिरिजका लागि टिम छनोट गरिने छ। त्यसपछि वेस्टइन्डिजसँगको ऐतिहासिक टि–२० सिरिज र विश्वकप छनोटका लागि टिम घोषणा गरिने छ।

को–को परे क्याम्पमा?

रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रूपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, मोहमद आदिल आलम, पवन सर्राफ, शेर मल्ल, शुभ कंसाकार र अर्जुन घर्ती ।
 

प्रकाशित मिति: १७:४४ बजे, आइतबार, असार २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्