Kathmandu Press

काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ७६ करोडको बजेट

‘समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत, नगरसभाका सदस्यको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं,’ उनले भनिन्।
काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं, असार २९ : काठमाडौं महानगरपालिकाले २५ अर्ब, ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।

आइतबार बसेको नगर सभाको १७औं सम्मेलनमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् । 

Hardik ivf

बजेट प्रस्तुत गर्दै उमेयर डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको भन्दै क्षमा याचना गरेकी छन्। 

‘समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत, नगरसभाका सदस्यको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं,’ उनले भनिन्।

महानगरमा यसबीचमा केही तितामिठा अनुभव भए पनि मन्थन हुँदै समाधानतर्फ गएको भनाई उपमेयर डंगोलको छ। कानुनतः स्थानीय तहले असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्छ। आन्तरिक द्वन्द्वका कारण काठामडौं महानगरले समयै बजेट ल्याउन नसकेको हो। 

उपमेयर डंगोलले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी बजेट ल्याइएको बताइन्। महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ। 

नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको जनाइएको छ। 

अगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्राथमिकतामा राखिएको जानकारी डंगोलले दिइन्। 

प्रकाशित मिति: १६:५५ बजे, आइतबार, असार २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्