Kathmandu Press

विश्व सम्पदामा सूचीमा परेन तिलौराकोट

‘केही प्राविधिक कारणले, इकोमसको रिपोर्ट, केही विभिन्न देशहरु, जसको हामीले सपोर्ट प्राप्त गर्नुपर्दथ्यो। भारतसहित २१ वटा देशको वल्र्ड हेरिटेज कमिटी छ। भारतको समेत यसमा त्यति ठूलो सदीक्षा रहेन।’
विश्व सम्पदामा सूचीमा परेन तिलौराकोट

काठमाडौं, असार २९ : पुरातात्विक महत्वको तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा उक्त जानकारी गराएका हुन्। मन्त्री पाण्डे तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्ताव लिएर १४६ औं वर्ल्ड हेरिटेज मिटिङमा सहभागी हुन गएका थिए।

Hardik ivf

‘हामी ठूलो उत्साह लिएर गएका थियौँ। शाक्य वंशको राजधानी भनेर लगभग तथ्यहरुले प्रमाणित भइसकेको थियो। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नुपर्ने थियो,’ उनले भने, ‘तर केही प्राविधिक कारणले, इकोमसको रिपोर्ट, केही विभिन्न देशहरु, जसको हामीले सपोर्ट प्राप्त गर्नुपर्दथ्यो। भारतसहित २१ वटा देशको वल्र्ड हेरिटेज कमिटी छ। भारतको समेत यसमा त्यति ठूलो सदीक्षा रहेन।’

मन्त्री पाण्डले लुम्बिनीलाई १४६औं वल्र्ड हेरिटेज मिटिङमा खतराको सूचीमा पर्नबाट जोगाएर फर्किन भने सफल भएको जानकारी गराए। 

उनले भने, ‘एक वर्षको समय माग गरेका थियौँ, हामी सुधार गर्छौं भनेर। त्यो कार्ययोजना हाम्रो बन्यो। त्यसपछि काम पनि फटाफट ग¥यौँ। अब यस पटक १४७ औं सेसनबाट लुम्बिनी खतराको सूचीबाट मुक्त भएको छ।’


 

प्रकाशित मिति: १६:४५ बजे, आइतबार, असार २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्