Kathmandu Press

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

मागभन्दा बढी आवेदन परेका कारण करीब १७ लाखभन्दा बढी आवेदन कर्ताहको हात खाली भएको छ । आईपीओमा मागभन्दा ८ दशमलव ७ गुणा बढी आवेदन परेको थियो।
विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं, असार २९ : विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ। कम्पनीको शेयर विक्री प्रबन्धक प्रभु कक्यापिटलले आज बिहान आईपीओ बाँडफााड गरेको हो।

दुई लाख ९४ हजार २७६ जनाले १०÷१० कित्ताका दरले आईपीओ हात पारेका छन्। मागभन्दा बढी आवेदन परेका कारण करीब १७ लाखभन्दा बढी आवेदन कर्ताहको हात खाली भएको छ । आईपीओमा मागभन्दा ८ दशमलव ७ गुणा बढी आवेदन परेको थियो।

आफूलाई आईपीओ परे÷नपरेको लगानीकर्ताले सीडीएससीको आइपीओ रिजल्ट साइट बाट हेर्न सक्नेछन्। यो आइपीओका लागि २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड़ ६१ लाख ४८ हजार ३५० कित्ताका लागि आवेदन परेकोमा २० लाख ४३ हजार ६८६ जनाको आवेदन स्वीकृत थियो।

कम्पनीले थप सर्वसाधारणमा २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो। थप सर्वसाधारणमा कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो।

आईपीओ निष्कासन गर्नुअघि कम्पनीले १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
 

प्रकाशित मिति: १६:११ बजे, आइतबार, असार २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्