Kathmandu Press

पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

राष्ट्रपति पौडेलले पत्रकार र निर्वाचन आयुक्तका रुपमा शर्माले निर्वाह गरेको भूमिकाको सराहना गर्दै त्यो सधैँ स्मरणीय हुने बताएका छन्।
पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं, असार २९ : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधनमा दुःख व्यक्त गरेका छन्। 

राष्ट्रपति पौडेलले पत्रकार र निर्वाचन आयुक्तका रुपमा शर्माले निर्वाह गरेको भूमिकाको सराहना गर्दै त्यो सधैँ स्मरणीय हुने बताएका छन्।

आइतबार एक शोक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले निर्वाचन आयुक्तका रुपमा शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको कुशलतापूर्वक नेतृत्व गरेको स्मरण गरे। 

शोक सन्देशमा राष्ट्रपति पौडेलले स्वर्गीय शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। 

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, असार २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्