Kathmandu Press

सामाजिक कथामा टेलिफिल्म ‘लक्ष्मीको पीडा’ [भिडियाे]

यो फिल्मले बहुविवाहपछि जेठी श्रीमतिलाई गरिएको हेला र माइतमा पनि उनले सहनुपरेको तिरस्कारको कथा उठाएको छ। 
सामाजिक कथामा टेलिफिल्म ‘लक्ष्मीको पीडा’ [भिडियाे]

काठमाडाैं, असार २८ : सामाजिक कथामा बनेको टेलिफिल्म ‘लक्ष्मीको पीडा’ सर्वाजनिक भएको छ। यो फिल्म आरआर मिडियाको युट्युब च्यालनमार्फत सार्वजनिक भएको हो।

ललित न्यौपानको लेखन तथा निर्देशन रहेको टेलिफिल्म आरआर मिडियाले निर्माण गरेको हो। 

यो फिल्मले बहुविवाहपछि जेठी श्रीमतिलाई गरिएको हेला र माइतमा पनि उनले सहनुपरेको तिरस्कारको कथा उठाएको छ। 

फिल्ममा ललित न्यौपाने, निशा कार्की उप्रेती, रामराजा घिमिरे, विके तिवारी, ईश्वर जम्मकट्टेल, रोजिना फुयाँल तथा बालकलाकारहरु प्रयुश र युनिक फुयाँलको अभियन छ।

टेलिफिल्म प्रत्येक शुक्रबार युट्युबमा रिलिज हुनेछ।

प्रकाशित मिति: १७:१२ बजे, शनिबार, असार २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्