Kathmandu Press

ललितपुर महानगरको नीति तथा कार्यक्रम र बजेट पारित

महानगरले आगामी आवका लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट बिनियोजन गरेको छ।
ललितपुर महानगरको नीति तथा कार्यक्रम र बजेट पारित

काठमाडौं, असार २८ : ललितपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सातौं नगरसभाबाट पारित भएको छ।

शुक्रबार बसेको नगरसभाले महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरेको आज पत्रकार सम्मेलन मार्फत महानगरले जानकारी दिएको हो।

Hardik ivf

महानगरेको आगामी आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा ३४ वटा क्षेत्रमा ३८८ वटा नीति रहेका छन्।

महानगरले आगामी आवका लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार बजेट बिनियोजन गरेको छ। जसमा पुँजीगत तर्फको बजेट ४ अर्ब ५० करोड ७७ लाख २९ हजार (६०.३२ प्रतिशत) रहेको छ। 

प्रशासनिक खर्च १ अर्ब ३३ करोड ३ लाख १८ हजार (१७.७९ प्रतिशत) र सामाजिक सुरक्षा तथा सर्शत अनुदान तर्फ १ अर्ब ६३ करोड ६१ लाख (२१.८९ प्रतिशत) बजेट बिनियोजन गरिएको छ।

पाटन दरबार स्क्वायर, वुङ्गमति, खोकना, सुनाकोठी, नागदह धापाखेल र हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक को रुपमा घोषणा गर्ने, रिङ्गरोडको कुसुन्तीमा नेपालमै पहिलो लिफ्ट सहितको अपांगतामैत्री आकाशे पुल निर्माण आगामी आ.व. २०८२÷८३ मा सम्पन्न गर्ने गरी महानगरले बजेट व्यवस्था गरेको छ। साथै पाटन अस्पताल अगाडि आकाशे पुल निर्माण सम्पन्न गर्ने बजेटमा उल्ले छ।

चक्रपथको धोविघाटमा साइकल सहित आवतजावत गर्न सकिने आकाशे पुल निर्माणको लागि बजेट व्यवस्था गरिएको छ। 

लगनखेल स्थित बसपार्कलाई व्यवस्थित, सूचनामैत्री तथा यात्रुमैत्री बनाउने र महानगरभित्र सम्भावना भएका रुटहरुमा साझा बस सञ्चालनका लागि समन्वय गर्ने जस्ता महानगरका बजेटमा समेटिएका मुख्य बुँदाहरु हुन्।
 

प्रकाशित मिति: १४:२९ बजे, शनिबार, असार २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्