Kathmandu Press

‘पार्टीभित्र देश र जनताका लागि काम गर्ने नेता पाउन मुस्किल छ’

श्रद्धाञ्जली सभामा देउवाले सबैलाई लोकतन्त्रको चिन्ता गर्न आग्रह गर्दै लोकतन्त्र संस्थागत गर्न सकेमा मात्र सबैको राजनीतिक भविष्य सुरक्षित बन्ने बताए। 
‘पार्टीभित्र देश र जनताका लागि काम गर्ने नेता पाउन मुस्किल छ’

बागलुङ, असार २७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देश र जनताका लागि काम गर्ने नेता पाउन मुस्किल भएको बताएका छन्। 

शुक्रबार बागलुङ कांग्रेसका संस्थापक नेता गोविन्दप्रसाद शर्मा कँडेलको १३औं दिनको श्रद्धाञ्जली सभामा सभापति देउवाले यस्तो भनाई राखेका हुन्। 

Hardik ivf

सभापति देउवाले कँडेल जस्तो त्याग र निष्ठा भएको नेता अब पाउन गाह्रो रहेको बताए। देउवाले राजनीतिमा लागेर नेता कँडेलले कहिल्यै केही नमागेको स्मरण समेत गरे।

बागलुङको विहुँस्थित कँडेल निवासमा पुगेर देउवाले श्रद्धाञ्जली अर्पण गरेका छन्। श्रद्धाञ्जली सभामा देउवाले सबैलाई लोकतन्त्रको चिन्ता गर्न आग्रह गर्दै लोकतन्त्र संस्थागत गर्न सकेमा मात्र सबैको राजनीतिक भविष्य सुरक्षित बन्ने बताए। 

उक्त कार्यक्रममा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य चम्पा खड्का, अर्जुन जोशीलगायतले पनि कँडेलप्रति श्रद्धाञ्जली दिए। श्रद्धाञ्जलीका लागि बागलुङ कांग्रेसका नेता तथा कार्यकर्ता पनि कँडेल निवास पुगेका थिए। स्वर्गीय कँडेल २०४८ सालमा बागलुङ क्षेत्र नं १ बाट विजयी सांसदसमेत थिए।

बीपी कोइरालाले मेलमिलापको नीति लिएर प्रवासबाट नेपाल आउने बेलामा कँडेल विमानास्थलबाट पक्राउ परी ७ वर्ष जेल समेत बसेका थिए। नेता कँडेलको यही असार १५ गते कँडेलको निधन भएको हो।
 

प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, असार २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्