Kathmandu Press

काठमाडौं महानगरले आइतबार बजेट ल्याउने

शुक्रबार बसेको महानगरको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको छ। 
काठमाडौं महानगरले आइतबार बजेट ल्याउने

काठमाडौं, असार २७ : काठमाडौं महानगरपालिकाले असार २९ गते आइतबार बजेट ल्याउने भएको छ। 

शुक्रबार बसेको महानगरको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको छ। 

Hardik ivf

नगरसभा अघि बिहान ९ बजे कार्यपालिकाको बैठक बस्ने तय भएको छ। आज बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो। 

बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेनन्द्र शाह (बालेन) ले एउटामात्र प्रस्ताव राखेक थिए । उनले आइतबार २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव राखेका थिए। 

मेयर बालेनको प्रश्तावलाई कार्यपालिका सदस्यहरूले समर्थन जनाएपछि प्रस्ताव पारित भयो । त्यसपछि बालेनले बैठक सकिएको घोषणा गरेका थिए।

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, असार २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्