Kathmandu Press

सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलविरुद्ध फेरि १६ करोडको मुद्दा

हाइ कम्प्युट इन्फ्रास्ट्रक्चरसम्बन्धी योजनामा आपूर्ति, जडान तथा स्थापनासम्बन्धी ठेक्कामा आपसी मिलिभगतमा १५ करोड ८८ लाख रूपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। 
सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलविरुद्ध फेरि १६ करोडको मुद्दा

काठमाडौं, असार २७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध फेरि करिब १६ करोड भ्रष्टाचारको मुद्दा दायर भएको छ। 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि आर्थिक वर्ष २०७६/७७ मा हाइ कम्प्युट इन्फ्रास्ट्रक्चरसम्बन्धी योजनामा आपूर्ति, जडान तथा स्थापनासम्बन्धी ठेक्कामा आपसी मिलिभगतमा १५ करोड ८८ लाख रूपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। 

Hardik ivf

गुरुयोजनाविनै स्पेसिफिकेसन तयार गरेको दाबीसहित भ्रष्टाचारमा सजायको माग दाबीसहित अभियोगपत्र दर्ता गरिएको छ। पौडेलले ३० करोड ९९ लाख ९९ हजार भ्याटसहित लागत अनुमान गरी बोलपत्र आह्वान गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारले पौडेलसहित केन्द्रका निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत  निमबहादुर वली र वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठलाई समेत भ्रष्टाचारमा प्रतिबादी बनाएको छ। 

केन्द्रका लागि निर्धारित सर्त तथा मापदण्डविपरीत गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरेको अभियोग दाबी लिइएको छ। पौडेलले २०७६ माघ १५ गते कान्तिपथस्थित वल्र्ड डिस्ट्रिब्युसन नेपालको भ्याटसहित ३० करोड ६५ लाख ५५ हजार को बोलपत्र स्वीकृत गर्दै खरिद सम्झौता गरेको दाबी अख्तियारको छ। 

आपूर्तिकाक्रममा झुटा कागजातहरू पेस गरी अस्वाभाविक मूल्य कायम गरेको समेत अख्तियारले जनाएको छ। अख्तियारले योसहित पौडेलविरुद्ध पाँचवटा मुद्दा अदालतमा दर्ता गरेको छ। 
 

प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, असार २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्