Kathmandu Press

वित्तीय पहुँच विस्तार गर्न ‘डिजिटल बैंक’ स्थापना गरिने

राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक २४औँ मौद्रिक नीतिमा वित्तीय पहुँच विस्तार गर्न नियो बैंक स्थापना गर्ने भनिएको छ। 
वित्तीय पहुँच विस्तार गर्न ‘डिजिटल बैंक’ स्थापना गरिने

काठमाडौं, असार २४ : नेपाल राष्ट्र बैंकले ‘डिजिटल बैंक’ स्थापना गर्ने भएको छ । 

राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक २४औँ मौद्रिक नीतिमा वित्तीय पहुँच विस्तार गर्न नियो बैंक स्थापना गर्ने भनिएको छ। 

उक्त बैंक स्थापनका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउने मौद्रिक नीतिले लक्ष्य लिएको छ। 

सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्य अनुसार वित्तीय पहुँच विस्तार गर्न ‘नियो बैंक’ स्थापनाका लागि कानुनी र प्रक्रियागत व्यवस्था अघि बढाउन लागेको मौद्रिक नीतिमा उल्लेख छ। नियो बैंकमा अनलाइनबाट कारोबार हुने छ। 

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, असार २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्