Kathmandu Press

वामदेव गौतम साउन २ गते नेकपा एसमा समाहित हुने 

आगामी साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच दुई पार्टीबीच एकताको घोषणा गरिने भएको छ। 
वामदेव गौतम साउन २ गते नेकपा एसमा समाहित हुने 

काठमाडौं, असार २७ : नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम तेस्रो वरियतासहित एकीकृत समाजवादी (एस) मा समाहित हुने भएका छन्। 

आगामी साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच दुई पार्टीबीच एकताको घोषणा गरिने भएको छ। 

Hardik ivf

पार्टी एकताको सहमति पत्रमा एसका अध्यक्ष नेपाल र राष्ट्रिय अभियानका नेता गौतमले हस्ताक्षर गरेका छन्। गौतम एमालेले बेवास्ता गरेपछि एसमा समाहित हुन थालेका हुन्।

एसले गौतम नेतृत्त्वको राष्ट्रिय अभियानबाट आएका नेताहरूलाई उचित जिम्मेवारी दिन तयार भएको छ । गौतमलाई उक्त पार्टीका सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो वरीयता दिएर पार्टीमा समाहित गराउने सहमति भएको बताइएको छ। 

प्रकाशित मिति: १४:०१ बजे, शुक्रबार, असार २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्