पूर्वराजाका सम्वाद सचिव पाठकलाई प्रहरी परिसर डाकियो
‘श्री ५ महाधिराज सरकार भन्दै निकालिएका विज्ञप्ति र संवाद सचिवालयको आधिकारिता’ का विषयमा बुझ्न पाठकलाई परिषरमा डाकिएको बताइएको छ।
काठमाडौं, असार २७ : पूर्वराजा ज्ञानेन्द्र शाहका सम्वाद सचिव फणिराज पाठकलाई जिल्ला प्रहरी परिषरमा डाकेर सोधपुछ गरिएको छ।
‘श्री ५ महाधिराज सरकार भन्दै निकालिएका विज्ञप्ति र संवाद सचिवालयको आधिकारिता’ का विषयमा बुझ्न पाठकलाई परिषरमा डाकिएको बताइएको छ।
पाठक पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख हुन्। पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालको संविधानले नचिनेको तर ‘श्री ५ महाराज धिराज’ भन्दै सम्बोधन गर्ने गरेको बिषयमा पाठकलाई केरकार गरिएको थियो।
संवाद सचिवालयको लेटरप्याडमा सूचना दिने गरिएको विषयमा पनि परिषरले सोधपुछ गरेको छ । नेपालको संविधानमा श्री ५ महाराजधिराज भन्ने शब्द नरहे पनि शाहलाई ‘श्री ५’ संवोधन गर्दै विज्ञप्ति र संवोधन गर्ने गरिएको छ।
यस विषयमा एमाले सांसद ठाकुर गैरे लगायतले संसदमा प्रश्न समेत उठाएका थिए।
प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, असार २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












