Kathmandu Press

६ महिनापछि बालेन, डंगोल र गुरागाईं एउटै मञ्चमा 

महानगरपालिका प्रमुख साहको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठकमा ६ महिनापछि तीन जनाको एकै थलोमा भेट भएको हो। 
६ महिनापछि बालेन, डंगोल र गुरागाईं एउटै मञ्चमा 

काठमाडौं, असार २७ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृतविच ६ महिनापछि एउटै मञ्चमा भेटघाट भएको छ।

शुक्रबार आगामी आर्थिक वर्षको बजेटका विषयमा महानगरपालिका प्रमुख साहको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठकमा ६ महिनापछि तीन जनाको एकै थलोमा भेट भएको हो। 

Hardik ivf

गत बर्ष पुसको पहिलो साता बसेको कार्यपालिका बैठक पछि महानगरपालिका प्रमुख साह र गुरागाईंसँग पानी बारबारको अवस्था थियो। 

शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठकमा साहले अध्यक्षता गरेका थिए । सदस्य सचिवका रुपमा गुरागाईं उपस्थित रहेका थिए । एउटै मञ्चमा उपप्रमुख डंगोल पनि सँगै थिइन्।  

 

प्रकाशित मिति: १३:२९ बजे, शुक्रबार, असार २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्