Kathmandu Press

युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि काम गरौं : प्रधानमन्त्री ओली

शुक्रबार महिला उद्यमी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उदघाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिए।
युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि काम गरौं : प्रधानमन्त्री ओली

ललितपुर, असार २७ : प्रधानमन्त्री केपी ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन्। 

शुक्रबार महिला उद्यमी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उदघाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिए।

Hardik ivf

‘हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ। सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ। यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले महिलाको सशक्तिकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएका छौं। तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौं।’

प्रधानमन्त्री ओलीले विद्यालयमा छात्राहरुको संख्या छात्रहरुको भन्दा बढी छ भएको बताउँदै नतिजामा पनि छात्राहरुको राम्रो हुँदै गएको बताए। उनले हामीले अझै प्रगति हासिल गर्दै जानुपर्ने उल्लेख गरे। 
 
प्रकाशित मिति: १२:५६ बजे, शुक्रबार, असार २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्