Kathmandu Press

मानव सेवा आश्रम पुगे अध्यक्ष दाहाल

उनले आश्रममा आश्रित व्यक्तिहरुसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराए भने उनीहरुसँग बसेर आफूले पनि खाना खाए। 
मानव सेवा आश्रम पुगे अध्यक्ष दाहाल

काठमाडौं, असार २७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल धर्मपत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा मानव सेवा आश्रम, रानीवन पुगेका छन्। 

उनले आश्रममा आश्रित व्यक्तिहरुसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराए भने उनीहरुसँग बसेर आफूले पनि खाना खाए। 

Hardik ivf

उनले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

साथै, मानव सेवा आश्रमले सकारात्मक उदेश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने बताए। 

मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिने धारणा व्यक्त गरे। 
 

प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, असार २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्