Kathmandu Press

पररास्ट्रमन्त्री डा.राणा स्वदेश फर्किइन्

रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं अधिवेशन तथा उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भएकी मन्त्री राणा उतैबाट जर्मनी गएकी थिइन्। 
पररास्ट्रमन्त्री डा.राणा स्वदेश फर्किइन्

काठमाडौं, असार २७ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटली र जर्मनी भ्रमणबाट स्वदेश फर्किएकी छन्।

रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं अधिवेशन तथा उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भएकी मन्त्री राणा उतैबाट जर्मनी गएकी थिइन्। 

मन्त्री डा. राणाले एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई सम्बोधन गरेकी थिइन्।

उनले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रुपमा व्यवस्था गरेको र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरुले आधार प्रदान गरेको बताइन् ।

खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीति मार्फत नियामक मापदण्ड, प्रयोगशाला निगरानी र उपभोक्ता संरक्षणको माध्यमबाट नेपालले सुरक्षित र गुणस्तरीय खाद्य सुनिश्चित गर्दै आएको पनि मन्त्री डा राणाले बताइन्। उनले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र यहाँका विशेषगरी हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्न आग्रह गरेकी थिइन्। 

यस्तै, जर्मनी भ्रमणका क्रममा मन्त्री डा. राणाले जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्। 

प्रकाशित मिति: १२:०२ बजे, शुक्रबार, असार २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्