Kathmandu Press

नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार गर्न नहुने बताएका छन्।
नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव

काठमाडौं, असार २६ : बिहीबार बसेको अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल भएको छ।

उक्त समितिको दोस्रो सत्रको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल भएको हो।

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार गर्न नहुने बताएका छन्।

पुनले पहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरेर केही समय हेर्नुपर्ने बताएका हुन्।

‘अहिले नै नयाँ स्टकको लाइसेन्स दिन हतार गर्नु हुँदैन, नेप्सेको पुनर्संरचना गरेर हेर्नुपर्छ । यदी, चाहिने नै रहेछ भने पछि दिँदा पनि हुन्छ, निजी क्षेत्रका लगानीकर्ता नेप्सेमा भित्र्याउन सरकार स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘पहिले लाइसेन्स दिएर नेप्सेको पुनर्संरचना अलमलमा पार्नु हुँदैन।’

यसैगरी नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्ज चाहिने बताए। उनले विभिन्न अध्ययनको निष्कर्षले नयाँ स्टक चाहिने देखाएको भन्दै दोस्रो स्टक एक्सचेन्ज चाहिने बताए।

उनले सार्वजनिक लेखा र अर्थ समितिको दुईथरी निर्देशनले आफूहरू अन्योलमा परेको बताए। उनले सार्वजनिक लेखा र अर्थ समितिको दुईथरी निर्देशनले आईपीओ स्वीकृतिमा अन्योलता भएको बताए। 

प्रकाशित मिति: २१:१२ बजे, बिहीबार, असार २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्