पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’बाट सम्मानित
बिहीबार काठमाडौं एक कार्यक्रमबीच आयोजना गरी पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई नगद दुई लाख रुपियाँसहित सम्मान प्रदान गरेको हो।-(1)-1752161010.jpg)
काठमाडौं, असार २६ : नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल सम्मान’ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरेको छ।
नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिहीबार काठमाडौं एक कार्यक्रमबीच आयोजना गरी पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई नगद दुई लाख रुपियाँसहित सम्मान प्रदान गरेको हो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले पूर्व प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र न्यायपालिकाको लागि गरेको योगदान न्याय जगतको सम्पती रहेको बताए।
‘विधिको शाषनको लागि, न्यायिक अक्षुणताको लागि, स्वतन्त्र न्यायपालिकाको लागि र मानव अधिकारमा उहाँले दिनुभएको अथाह योगदान न्याय जगतको सम्पती हो। विचार, वाणीमा उहाँको विलक्ष्णता अदभुत र अदितीय छ,’ उनले भने।
यसैगरी पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सुशाषनको लागि जवाफदेहिता, पारदर्शीता र सेवा गर्ने मनोभाव चाहिने बताए।
‘हामी सुशाषनको कुरा गर्छौ सुशाषन यसै हुने कुरा हो र सुशाषन हुनलाई धेरै कुरा हुनुपर्छ। सुशासनका लागि म संविधानको यात्रादेखि जीवनको अन्य यात्राहरुमा हिडेको छु। सुशाषनको लागि समान व्यवहार चाहिन्छ, जवाफदेहिता चाइन्छ, कानून प्रतिको प्रतिवद्धता चाइन्छ, पारदर्शीता चाइन्छ, क्षमता चाइन्छ र सेवा गर्ने मनोभाव चाइन्छ,’ उनले भने।