Kathmandu Press

आलमको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत जाने 

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदनमा जाने भएको हो।
आलमको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत जाने 

काठमाडौं, असार २६ : पूर्वमन्त्री एवम् सांसद मोहम्मद अफताब आलमलाई कर्तव्य ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ। 

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदनमा जाने भएको हो। एक दुई दिनमै उच्चको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनपत्र दर्ता गर्ने तयारी भएको छ। 

Hardik ivf

तल्लो अदालतको फैसलामा गम्भीर त्रुटी देखिएको, तथ्य प्रमाणको मूल्यांकन नगरी बलजफ्ती फैसला भएकोलगायत प्रश्न उठाएर सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा जाने भएको हो। 

गत जेठ १४ गते उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीशहरू डा.खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दाका अभियुक्त पूर्व मन्त्री आलम लगायतलाई आरोपबाट सफाइ दिने फैसला भएको थियो। 

फैसलामा संलग्न दुवै न्यायाधीश छानबिनका लागि यतिबेला न्यायपरिषद्मा तानिएका छन्।
 

प्रकाशित मिति: २०:३८ बजे, बिहीबार, असार २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्